Home Blog Page 2

युएई ए ले नेपाललाई दियो २ सय १६ रनको लक्ष्य

0

बैदेशिक प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा २ सय १६ रनको लक्ष्य पाएको छ । आइसीसी डिभिजन टू को तयारीका लागि युएईमा रहेको नेपाली टोलीलाई घरेलु टोली युएई ए ले ५० ओभरमा ८ विकेट गुमाउदै २ सय १५ रनको बनाउदै नेपाललाई लक्ष्य दिएको हो । नेपालको कसिलो बलिङ सामु सुरुवात देखि दबावमा रहेको युएई ए टिमका लागि चिराग सुरीले सर्वा्धिक ८५ रन बनाए । यस्तै अली मिर्जाले ४२ तथा इतिकर रहमानले ३३ रनको योगदान गरे । फवाद नवाजले १७ र सक्लिन हैदरले १३ रन जोडे ।
बलिङ तर्फ नेपालका सोमपाल कामीले ३ तथा ललीत भण्डारीले २ विकेट लिए । पारस खड्का, बसन्त रेग्मी र सन्दिप लामिछानेले १–१ विकेट हात पारे । नेपालले केहि बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

बन्दुक सहित सिकार गर्न हिँडेका राउत पक्राउ

0

भरुवा बन्दुक सहित रौतहटमा एक जना पक्राउ परेका छन । रौतहट प्रहरीले अवैध भरुवा बन्दुकसहित गुुजरा नगरपालिका–३ बलुआटोलका ३५ वर्षीय धरीछन राउतलाई पक्राउ गरेको हो । बन्दुुकसहित पक्राउ परेका राउतलाई प्रहण्रीले बन्दुुकसहित नियन्त्रणमा राखी आवश्यक अनुुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताए । राउतले उक्त बन्दुक बोकेर शिकार गर्ने उद्देश्यले जंगलतर्फ गइरहेको क्रममा बिहीबार प्रहरी चौकी हरिनगरको टोलीले विशेष सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पछिल्लो केही समयदेखि वन क्षेत्रमा चोरी शिकारी बढेको पनि स्थानीयले जनाएका छन् ।

डेरा खोज्दै सांसद

0

प्रदेश नम्बर ७ को प्रदेश पहिलो प्रदेश बैठमा उपस्थीत हुन विभिन्न ठाँउबाट आएका सांसदहरु अहले किोठा खोज्न तर्फ लागेका छन् । माघ २१ गते हुने ७ नम्बर प्रदेशको पहिलो प्रदेशसभा बैठकमा सहभागी हुन प्रदेशसभा सदस्यहरु धनगढी भित्रीने पनि क्रम सुरु भएको छ ।

प्रदेश नम्बर–७ का ९ वटै जिल्लाका ५३ जना प्रदेशसभा सदस्यमध्ये अहिले अधिकाशं सासंद धनगढी पुगेका छन् । संसदीय दलको नेता बन्न र मन्त्री बन्नका लागि राजधानी काठमाडौंमा रहेका र आफ्नै गहृ क्षेत्रमा रहेका प्रदेशसभा सदस्यहरु प्रदेश नम्बर–७, को अस्थायी राजधानी धनगढी पुग्न थालेका हुन् ।

यस्तै प्रदेश नम्बर ७ को अस्थायी मुकाम धनगढी भएसँगै प्रदेश सदस्यहरुले धनगढीमा डेरा खोज्न सुरु गरेका छन् । ७ पहाडी जिल्ला, कञ्चनपुर र धनगढीभन्दा बाहिर घर भएका प्रदेशसभा सदस्यहरु धनगढी प्रदेशसभाको बैठकका लागि डोराको खोजीमा रहेका छन् ।
शपथ ग्रहण गरेर आ–आफ्नो क्षेत्र फर्केका प्रदेशसभा सदस्यहरुले निकटका मित्र तथा दलका सहकर्मीलाई कोठा खोजिदिन आग्रह गरेका छन् । कैलालीमै घर भएकालाई धेरै पिरलो नभए पनि अन्य ८ जिल्लाका सांसदले समयमै डेरा प्रबन्ध मिलाउन थालेका हुन् । बाजुराका प्रदेशसभा सदस्य प्रकाशबहादुर शाहले धनगढीमै डेरा खोज्न आफन्तलाई आग्रह गरेको बताए ।

अधिकांश प्रदेशसभा सदस्यले, सुविधायुक्त ‘फ्ल्याट’ को खोजी गरे पनि डेरा नै खोज्न ठूलै समस्या भने नपरेको बताएका छन् । विभिन्न जिल्लामा राजनीति गर्दै आए पनि प्रदेशको केन्द्र भएको ठाउँमा बसेर आफ्नो क्षेत्रका लागि विकास निर्माणका योजनाहरु लैजान सकिने भएकाले धनगढीमै डेरा खोज्ने योजना रहेको दार्चुलाबाट प्रदेशसभा सदस्य गेल्वुसिंह बोहराले बताए ।

कैलालीसँगै जोडिएको जिल्ला कञ्चनपुरका सांसद भने डेरा खोज्ने कि घरबाटै ओहोर–दोहोर गर्ने भन्ने दोधारमा छन् । केही सांसद प्रदेश सरकार गठन हुँदा मन्त्री बन्न पाइने आशमा पनि छन् । त्यसैले सरकार गठन नहुन्जेल डेरा नखोज्ने र स्थायी राजधानी भएपछि मात्रै डेराको चाँजोपाजो मिलाउने मनस्थितिमा पनि छन् । कोही सांसद भने तत्कालका लागि साथीभाई र आफन्तको घरमा पाहुना बन्ने तयारीमा छन् । प्रदेशसभा सदस्यहरुले डेरा खोज्न थालेसँगै धनगढीमा पहाडी जिल्लाबाट आउनेहरुको चहल पहल पनि बढ्न थालेको छ ।

सम्पत्ति शुद्धीकरणको अभियोगबाट नाइके चक्रे मिलनलाई सफाइ

0

काठमाडौँ — विशेष अदालतले काठमाडौंका गुन्डा नाइके चक्रे मिलनलाई सम्पत्ति शुद्धीकरणको अभियोगबाट सफाइ दिएको छ ।

विशेष अदालतका सदस्यहरू रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठको इजलासले चक्रे मिलनसहित २ जनामाथि सम्पत्ति शुद्धीकरण विभागको आरोपमा दाबी नपुग्ने फैसला सुनाएको हो।
चक्रे मिलनसहित ५ जनाविरुद्ध २०७० जेठ ५ मा छुट्टाछुट्टै रूपमा सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको थियो। विभागले ७ करोड रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोगमा चक्रे मिलनलाई सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको थियो। पाँचवटा छुट्टाछुट्टै मुद्दामध्ये यसअघि नै दीपक मनाङेले सफाइ पाइसकेका छन्। सोही दिन गणेश लामा, अभिषेक गिरी र परशुराम बस्नेतविरुद्ध समेत मुद्दा दर्ता भएको थियो।
विभागको निर्देशनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सम्पत्ति शुद्धीकरण अभियोगमा अनुसन्धान गरेर आरोपपत्र तयार गरेको थियो। प्रहरीले चक्रे मिलनका नाममा काठमाडौंका विभिन्न ठाउँमा जग्गा भेट्टाएको थियो। उक्त सम्पत्ति आपराधिक क्रियाकलापबाट आर्जन भएको प्रहरीको दाबी थियो। गोरखाको जग्गासमेत गैरकानुनी रूपमा आर्जन गरेको आरोप प्रहरीको थियो। विभागले मिलनमाथि करिब ७ करोड रुपैयाँ बिगो मागदाबी गरेको थियो।

‘गाँजाको परम्परागत ज्ञान विदेशीको हातमा जान सक्छ’

0

अमेरिकी तथा युरोपेली देशमा गाँजाको वैधानिक प्रयोग बढ्न थालेपछि नेपालको परम्परागत ज्ञान विदेशी कम्पनीको हातमा जाने अवस्था आएको छ।

यहाँ सदियौंदेखि गाँजाको आयुर्वेदिक ओखती प्रयोग हुँदै आएको थियो। सिंहदरबार वैद्यखानादेखि पुस्तैनी वैद्यहरूले समेत ती औषधि चलाउँथे। सन् १९७० दशकमा अमेरिकी दबाबले गाँजा प्रतिबन्धित भएपछि औषधि उत्पादन हुन छाडे। आयुर्वेदिक अनुसन्धान पनि बन्द भयो।

वैज्ञानिक अनुसन्धानले नै औषधीय गुण पुष्टि गरेपछि संसारभरि गाँजा खुला गर्ने होड छ। नेपालले भने करिब ४५ वर्षदेखि प्रतिबन्ध गरेर न आफ्नो परम्परागत ज्ञान प्रयोगमा ल्यायो, न परिस्कृत हुने मौका दियो। यही अवस्था रहे गाँजाबाट बन्ने आयुर्वेदिक औषधि उत्पादनको बौद्धिक अधिकार विदेशी कम्पनीको हातमा जाने अनुसन्धानकर्ता बताउँछन्।

‘गाँजालाई औषधिका रूपमा प्रयोग गर्ने हाम्रो परम्परागत ज्ञान विदेशीले अपनाउन थालिसके। भोलि हामी उनीहरूले नै बनाएका औषधि किन्छौं, हाम्रो ज्ञान त्यसै मासिन्छ,’ राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अध्यक्ष डा. ऋषिराम कोइरालाले सेतोपाटीसँग भने, ‘यो अवस्था आउनुअघि नै हामीले आफ्नो परम्परागत ज्ञान सुरक्षित राख्नुपर्छ।’

स्वास्थ्य मन्त्रालय मातहतको यो संस्थाले आयुर्वेदमा अध्ययन–अनुसन्धान गर्छ। केन्द्रसँग गाँजाबाट औषधि बनाउने परम्परागत अनुभव र ज्ञानको कमी छैन। कानुनी बन्देजले यसमा अघि बढ्न नसकेको उनी बताउँछन्।

‘सरकारले अनुमति दिए गाँजाको आयुर्वेदिक प्रयोगमा थप अनुसन्धान गरेर परिस्कृत गर्न सकिन्छ,’ स्वास्थ्य अनुसन्धान परिषदका पूर्व उपाध्यक्षसमेत रहेका डा. कोइरालाले भने, ‘यसले अरू सम्भावनाका ढोका खोल्न सक्छन्।’

उनका अनुसार झाडापखाला, अनिद्रा, शारीरिक पीडा, मानसिक तनाव लगायतमा गाँजाको औषधि ‘अचुक’ हुन्छ। क्यान्सरको दुखाइ कम गर्न पनि यसले राम्रो काम गर्छ।

‘गाँजा प्रकृतिको वरदान हो। यसको बहुउपयोगी औषधीय गुणमा कुनै शंका छैन। बित्थामा प्रतिबन्ध गरेर हामीले लाभ लिन सकेनौं। प्रकृतिको वरदान हाम्रो गल्तीले अभिशाप भयो,’ डा. कोइरालाले भने, ‘अथर्वेदले समेत गाँजालाई मान्छेको पीडा हटाउने जडिबूटी भनेको छ। यो मानव सभ्यताकै पुरानो खेती मानिन्छ।’

केन्द्रका प्रमुख अनुसन्धान अधिकृत डा. मिथिलेशकुमार साह पनि गाँजाको आयुर्वेदिक अनुसन्धान अघि बढाउनुपर्ने खाँचो औंल्याउँछन्।

‘हाम्रै ज्ञानबाट अरू मुलुकले फाइदा लिन थालेका छन्, हामी पछि पर्नु हुन्न,’ उनले भने, ‘यो हाम्रो बौद्धिक सम्पत्ति हो, समयमै जोगाउन सकेनौं भने विदेशीका हातमा जाने डर छ।’

उनका अनुसार भोक जगाउन ‘दीपनपाचन’, श्वासप्रश्वास समस्या भएकालाई ‘स्वासहर’ र शरीर सुन्निने समस्यामा गाँजाको औषधि दिने गरिन्थ्यो। बिरामी लठ्याउन वा पीडा कम गर्न अहिलेजस्तो ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नहुँदा सयौं वर्षदेखि गाँजा प्रयोग हुन्थ्यो। यी सबै परम्परागत ज्ञानमा आधारित छन्। यसलाई परिस्कृत तुल्याउन थप अध्ययन-अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ।

‘अन्तर्राष्ट्रिय अध्ययनका आधारमा गाँजाका नयाँ–नयाँ औषधि प्रयोगमा आएका छन्,’ उनले भने, ‘खेती, भण्डारण र उत्पादनअनुसार औषधीय गुण अलग हुन सक्छ। सरकारले स्पष्ट नीति लिएर जिम्मा दिए हामी अनुसन्धान गर्न सक्छौं।’

अन्तर्राष्ट्रिय अध्ययनले ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ताको उपचारमा गाँजा सहयोगी हुने निष्कर्ष निकालेको छ। शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजा उपयोगी हुने अनुसन्धानले पुष्टि गरेको छ।

अमेरिकाको स्ट्यान्फोर्ड विश्वविद्यालयका वैज्ञानिकले गरेको शोधमा गाँजा सेवन गर्नेको यौन क्षमता नगर्नेको तुलनामा बढी हुने पाइएको थियो। नेपालमै पनि शीघ्रस्खलन रोक्न गाँजाको कणयुक्त ‘पूर्णचन्द्रोदय रस’ वैद्यखानाले धेरैअघि उत्पादन गर्थ्यो। वैद्यखानाले नै उत्पादन गर्ने ‘भोग सुन्दरी’ भायग्राजस्तै यौनशक्ति बढाउने आयुर्वेद औषधि थियो।

केन्द्रका बोर्ड सदस्य डा. शंकर गौतम विदेशीले गाँजाको औषधीय गुण बुझेर प्रयोग खुला गर्दा नेपाल चुप लागेर बस्न नहुने बताउँछन्।

‘अन्तर्राष्ट्रिय स्तरमा यही रफ्तारले गाँजा अनुसन्धान हुँदै गए हामीले आफ्नै आयुर्वेदिक ज्ञान गुमाउनुपर्ने छ,’ उनले भने, ‘यथाशीघ्र कदम चाल्नुपर्छ।’

उनका अनुसार गाँजाबाट के–के फाइदा हुन सक्छन् भन्ने विस्तृत अध्ययन भएकै छैन। कुन–कुन रोगमा प्रयोग गर्न सकिन्छ भन्ने पनि राम्ररी थाहा छैन। सरकारले अनुमति दिए वैद्यखानासँग सहकार्य गरेर वैज्ञानिक अनुसन्धान गर्न सकिने उनले बताए।

‘हामीसँग भएको गाँजाको आयुर्वेदिक ज्ञान पूर्ण रूपमा विदेशी कम्पनीको हातमा जानुअघि यसको पेटेन्ट सुरक्षित राख्न पहल गर्नुपर्छ,’ डा. गौतमले भने, ‘यसका लागि बृहत अनुसन्धानको खाँचो छ।’

गाँजा औषधिका रूपमा मात्र नभई आम्दानी स्रोत पनि भएकाले प्रतिबन्ध पुनर्विचार गर्नुपर्ने अनुसन्धानकर्ताको भनाइ छ।

‘गाँजा मासिँदा औषधीय लाभ त मासिन्छ नै, यसबाट बन्ने कपडा पनि मासिन्छ, आम्दानी पनि मासिन्छ,’ डा. कोइरालाले भने, ‘गाँजा खेती हुँदा मध्यपश्चिम पहाडको जीवनशैली उक्सिएको थियो। प्रतिबन्ध लगाएपछि सबै भताभुंग भयो।’

दोस्रो विश्वयुद्ध समयदेखि नै नेपाली गाँजा भारत र अन्य देशमा ब्रान्डका रूपमा स्थापित भएको मानिन्छ। ‘हिप्पी’ युगको सुरुआतसँगै काठमाडौंमा गाँजा खान ‘गोरा साधु’ हरूको घुइँचो लाग्न थालेको थियो। त्यतिबेला यहाँ ३० वटा जति गाँजा र चरेस केन्द्र खुलेका थिए। विदेशीहरू स्वतन्त्र रूपमा ‘ब्रान्डेड’ गाँजा खान झोँछे र असनका पसल आइपुग्थे।

नेपालमा गाँजा फस्टाएपछि नै सरकारले अमेरिका लगायत राष्ट्रसंघीय दबाबमा लागुऔषध ऐन जारी गरी गाँजा प्रतिबन्ध गरेको हो। त्यही प्रतिबन्धले गाँजासम्बन्धी सामाजिक विकृति बढेको कोइराला बताउँछन्।

‘गाँजा नेपाली जीवनको एउटा पाटो थियो। औषधि थियो, प्रसाद थियो, आम्दानी थियो। यसलाई हामीले व्यवस्थित रूपमै चलाइरहेका थियौं। एक्कासि बन्द गर्दा मान्छे आत्तिए। गाँजा खोज्दै हिँड्न थाले। गँजेडी भन्ने हामीकहाँ छँदै थिएन। यो त प्रतिबन्धपछि आएको शब्द हो। हाम्रो निम्ति त गाँजा विश्वमा चिनाउने माध्यम थियो,’ उनले भने।

यति हुँदाहुँदै गाँजा जति खाए पनि हुन्छ भन्ने होइन।

गाँजा सोझै सेवन गर्दा हृदयगति बढ्ने, धुवाँले श्वासप्रश्वासमा असर गर्ने र शारीरिक गतिविधिमा प्रभाव पर्ने देखिएको छ। कसैकसैमा हृदयाघात पनि गराएको छ। ‘युरोपियन जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजी’ को अध्ययनअनुसार सिधै गाँजा खानेलाई उच्च रक्तचापको जोखिम हुन्छ। गर्भावस्थामा खाँदा बच्चाको तौल कम हुने देखिएको छ।

थुप्रै शोधको निष्कर्षअनुसार गाँजाले त्यतिबेला मात्र सकारात्मक प्रभाव पार्छ, जब यसको प्रयोग नियन्त्रित र सही परिमाणमा हुन्छ। यही कारणले नयाँ अनुसन्धान गरी थप फाइदा–बेफाइदा थाहा पाउनुपर्ने साह बताउँछन्।

‘सबै जडिबुटीमा औषधीय गुण पनि हुन्छ, विषालु पनि हुनसक्छ। यस्ता औषधीजन्य जडिबुटीको विष कसरी मार्ने, कति मात्रा मिलाउने र अन्य जडिबुटीसँगको प्रतिक्रिया कस्तो हुन्छ आयुर्वेदले प्रस्ट भनेको छ। त्यहीअनुरूप अध्ययन गरी औषधि बनाउन सकिन्छ,’ उनले भने।

आयुर्वेदको मान्यताअनुसार कुनै पनि तत्व मात्रा, उद्देश्य र प्रयोग मिलाएर खायो भने औषधि हुन्छ, नभए विष। गाँजा त्यस्तै हो।

अमेरिकी, युरोपेली लगायतका देशले गाँजा खुला गरे पनि धेरै सीमा छन्। जति पायो त्यति किन्न पाइँदैन। जुनसुकै ठाउँबाट जोसुकैसँग किन्न पाइँदैन। गाँजा किन्ने व्यक्तिको उमेर हद पनि तोकिएको छ।

क्यानडाले अबको छ महिनामा गाँजा प्रयोग वैधानिक गर्दैछ। केन्द्रीयदेखि प्रान्तीय सरकार गाँजा बजार सञ्चालन र नियमन खाकामा छलफल गर्दैछन्। उनीहरूले अपनाएका नीति हाम्रा निम्ति सहयोगी हुनसक्ने डा. गौतम बताउँछन्।

‘हामी पनि उनीहरूले जस्तै तयारी गर्न सक्छौं,’ उनले भने, ‘थप औषधीय गुणमा अनुसन्धान गर्न सक्छौं। औषधि बनाउन सक्छौं। बिरामीमा परीक्षण गर्न सक्छौं। नीति सरकारले बनाउने हो। यो काम जतिसक्दो चाँडो भए सदियौंदेखिको हाम्रो परम्परागत ज्ञान हाम्रै नाममा सुरक्षित रहन्थ्यो।’

वर्षाले खेल अवरुद्ध

0

बैतडीमा जारी मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको आज हुने भनिएको अन्तिम खेल वर्षाका कारण स्थगित भएको छ ।

गएरातिदेखिको वर्षाका कारण खेल मैदान तथा पिच गिलो भएकाले उपाधि भिडन्त बिहीबार १० बजे शुरु हुने नगर क्रिकेट समितिका अध्यक्ष अशोकबहादुर चन्दले जानकारी दिनुभयो ।

बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा उपाधिका लागि दशरथचन्द नगरपालिका–४ खलंगा र दशरथचन्द नगरपालिका–२ देहीमाडौँ भिड्ने भएका छन् । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकलाई ११५ रनले पाखा लगाउँदै खलंगा फाइनलमा पुगेको हो भने दशरथचन्द नगरपालिका–६ थालिगाडालाई चार विकेटले स्तब्ध पार्दै देहीमाडौँ उपाधि नजिक पुगेको हो ।

उपाधि विजेताले रु ५० हजार, उपविजेताले रु ३० हजार र म्यान अफ द सिरीज एक जनाले रु पाँच हजार नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । शहीद दिवशको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ, नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।

देउखुरीमा सवारी दुर्घटना हुँदा १५ जना घाईते

0

दाङ जिल्लाको देउखुरीमा बुधबार भएको दुर्घटनानामा १५ परि जना घाइते भएका छन। भालुबाङबाट लमही तर्फ आउँदै गरेको यात्रु बाहक रा १ ज २०० नम्बरको जिप र लमहीदेखि पूर्वतर्फ जाँदै गरेको रा १ ख ८९१ न को ट्रिपर एक आपसमा ठोकिदा १५ जना घाइते भएका हुन् ।

घाइतेमध्ये ४ जनाको अबस्था गम्भीर भएको प्रहरीले बताएको छ। गम्भीर घाइते हुनेमा लमही १ नर्तीकी लक्ष्मी रिजाल , लमही ७ सतबरियाका जिप चालक जुदै चौधरी ,लमही १ का रेकम चौधरी, राप्ती गाउँपालिका ६ का दिलबहादुर चौधरी र वडा नम्बर ८ का अरबिन चौधरी रहेका छन ।

गम्भीर घाइतेको बुटवल रिफर गरिएको छ भने सामान्य घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको लमही प्रहरीले बताएको छ।

भुवन केसीको फेबरेट डेस्टिनेसन

0

अभिनेता भुवन केसीलाई सदाबहार अभिनेता पनि भनिन्छ । छोरा अनमोल केसी नै अभिनेताका रूपमा स्थापित भैसक्दा समेत भुवन केसीको क्रेज उत्तिकै छ । अहिले अभिनयभन्दा चलचित्र निर्माणमा बढी केन्द्रित भुवन माघ २६ गते प्रदर्शन हुने चलचित्र कृको प्रचार–प्रसारमा खटिएका छन् । यसबीच अफ्रिकाबाहेक विश्वका अधिकांश देशको भ्रमण गरिसकेका यी अभिनेताले साप्ताहिकमार्फत आफूलाई मनपर्ने घुम्ने ठाउँ अर्थात् फेबरेट डेस्टिनेसनका सम्बन्धमा बेलिबिस्तार लगाएका छन् । भुवनले आफ्ना फेवरेट डेस्टिनेसनलाई स्वदेश तथा विदेश गरी दुई भागमा वर्गीकरण गरेका छन् ।

स्वदेश

पोखरा

विश्वको जति नै सुन्दर ठाउँ पुगे पनि आफ्नै देशको पोखरा अल टाइम फेवरेट । मैले पोखराको भ्रमण कति पटक गरें भन्ने कुरा गन्नै छाडिसकें । समर होस् अथवा विन्टर, झरी होस् वा बादल, मलाई पोखरा हरेक मौसममा उत्तिकै प्यारो छ । म कसैले कहाँ घुम्न जाने भनेर सोध्यो भने पोखरा नै भन्छु ।

जोमसोम

पोखराबाट अघि बढेपछि पुग्न सकिने अर्को रमणीय स्थल हो– जोमसोम । मध्य जाडोमा जोमसोम पुग्न गाह्रो हुन्छ, यद्यपि अन्य मौसममा जोमसोम स्वर्ग नै हो । म प्राय: बिदा मनाउन जोमसोम नै पुग्छु ।

अपर मुस्ताङ

जोमसोमबाट अझै अघि बढेपछि पुगिने रमणीयस्थल हो– अपर मुस्ताङ । हिमाली श्रृंखलालाई नजिकबाट नियाल्न सकिने यो स्थलबाट देखिने ल्यान्डस्केपको बेग्लै मज्जा छ । अहिले अपर मुस्ताङ चलचित्र छायांकनस्थलका रूपमा समेत विकसित भैरहेको छ ।

धनकुटा

पूर्वी नेपालको पहाडी जिल्ला धनकुटाको सौन्दर्यले मलाई पनि लोभ्याएको छ । काठमाडौंबाट अलि टाढा पर्ने भएकाले चाहेको बेला धनकुटा पुग्न सकिँदैन, यद्यपि पूर्वी नेपालको भ्रमणका क्रममा म भेडेटार हुँदै धनकुटा नपुगी फर्किन्न । त्यहाँको प्राकृतिक सौन्दर्य, हावापानी तथा खानपान मलाई असाध्यै मनपर्छ ।

सौराहा

चितवनको सौराहा त्यसै पनि पर्यटकीय स्थलका रूपमा लोकप्रिय छ । काठमाडौंमा चिसो बढेपछि जाडो छल्नकै लागि सौराहा पुगौं–पुगौं लाग्छ । सौराहा तराईको जनजीवन नियाल्न मात्र होइन जंगल सफारीका लागि समेत प्रख्यात छ । गर्मी मौसममा समेत नारायणी किनारमा बसेर सूर्यास्तको दृश्य नियाल्न पाउँदा रमाइलो लाग्छ ।

विदेश

जुरिच

युरोपका विभिन्न देशमध्ये स्विट्जरल्यान्डको आफ्नै विशेषता छ । विश्वकै प्रमुख टुरिस्ट डेस्टिेनेसन स्विट्जरल्यान्डको जुरिच सहरको सौन्दर्य शब्दमा वर्णन गर्न सकिँदैन ।

हवाइ

अमेरिकाको सबैभन्दा नयाँ राज्य (पचासौं) हवाइ प्राकृतिक सौन्दर्यका लागि प्रख्यात छ । अमेरिकाका प्राय: सबै राज्यको भ्रमण गरे पनि मलाई हवाईको सौन्दर्यले लट्ठ बनायो । समुद्री किनार, चट्टान, घाँसे मैदानसहितको यो सहर पर्यटकीय दृष्टिकोणले समेत उत्कृष्ट छ ।

ब्रिसबेन

अष्ट्रेलियाका थुप्रै ठूला सहरमध्ये मलाई ब्रिसबेनले आकर्षित गरेको छ । प्राकृतिक सौन्दर्य, समुद्री किनार तथा हरियाली ब्रिसबेन सहरका विशेषता हुन् ।

हङकङ

एसियाली मुलुकहरूमा मलाई हङकङ सबैभन्दा प्यारो लाग्छ । हङकङको नाइट लाइफ लोभलाग्दो छ । हङकङ पुगेपछि दिन बितेको समेत पत्तो पाइँदैन ।

Maghe Sankranti fairs commence

0

Kathmandu : Religious fairs have commenced at various places of the country, especially at river banks and confluences of holy sites, from the early morning today on the occasion of the Makar Sankranti festival.

In Jhapa, a large number of devotees have congregated on the bank of the Kankai River for taking a holy dip known as the Makar Snan in the river. Taking a bath in the river early in the morning on the day of the Maghe Sankranti, or the first day of the Nepali month Magh as per the lunar calendar is considered sacred as per the Hindu belief.

People from Morang, Sunsari, Ilam, Siraha, Saptari districts besides Jhapa as well as devotees from various places of India come here for the Makar Snan.

Like every year in Maghe Sankranti, this year also a big religious fair has been organised on the bank of the Kankai river at Maidhar.

Thousands of people will come to the fair for taking the holy dip as well as purchasing various goods and articles in the open bazaar put up there and enjoying the religious and cultural performances that will be organised as part of the fair.
Security has been beefed up and CC cameras installed at 33 locations in view of the fair, according to the district authorities.

Similarly, in Gulmi, a fair has started at the pilgrimage site, Ridi, from today on the occasion of Maghe Sankranti. Ridi lies in Ruru area which is a tri-junction of the Gulmi, Palpa and Syangja districts. The fair lasts for three days and the bank of the Kaligandaki river at the place has been cleaned and facilities put in place for the pilgrims to take a holy dip in the river, the Ruru Area Development Committee has stated.

In Devghat in Chitwan district, a big religious fair has started on the occasion with thousands of people thronging Devghatdham for taking a holy dip and observing the Maghe Sankranti rituals. RSS