नेपालको विमानस्थलभित्रै प्रहरी र कर्मचारीले सुन लुकाउने अड्डा भेटियो

0
66

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल प्रहरीका असई कुलबहादुर राई २० किलो अबैध सुनसहित पक्राउ परेका छन् । राई पक्राउ परेसँगै विमानस्थलभित्रै अबैध सुन लुकाउने अड्डा भएको समेत खुलेको छ । राईले अबैध रुपमा भित्राएको सुनलाई दिनभर विमानस्थलभित्रै राख्ने र साँझ परेपछि आफ्नो डेरामा ल्याई डेलिभरी दिने गरेको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अपराध महाशाखाको संयुक्त टोलीले राईलाई बालुवाटारस्थित कोठाबाट पक्राउ गरेको हो । उनको साथबाट अर्का एक जना व्यक्ति पक्राउ परे पनि उनको विषयमा केही खुलाइएको छैन् ।

बिहीबार बिहान एयरपोर्टमा ड्युटी अफिसर रहेका राईले कतारबाट परवेज आलमले ल्याएको अवैध सुन पास गराएका थिए । त्रिभुवन विमानस्थलको रनवेबाट सिधै डोमेस्टिक टर्मिलनमा सुन लगेर राखेका राईले साँझपख आफ्नो डेरामा लिएर गएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । असई राई समातिएसँग विमानस्थलभित्रैका कर्मचारी र सुरक्षाकर्मीका लागी सुन लुकाउने अखडाविमानस्थलभित्रै रहेको समेत खुलासा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here