Home Blog

एमालेद्वारा मुख्यमन्त्रीमा आलोपालो प्रस्ताव, माओवादीको आपत्ति

0

नेकपा एमालेले ६ नम्बर प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। पार्टीको स्पष्ट बहुमत हुँदाहुँदै पनि प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने अवस्था आएपछि एमालेले मुख्यमन्त्रीमा आलोपालोको प्रस्ताव गरेको हो।

मुख्यमन्त्री चयन अघि नै एमालेले समयावधि तोक्न माग गरेपछि प्रदेश सरकार गठन केही पर धकेलिने देखिएको छ। एमालेले मुख्यमन्त्री चयन अघि नै सरकारको समयावधि, मन्त्रीमण्डल र मन्त्रालयको भागबण्डा तथा सरकारमा सहभागी हुनेहरुको बरियताका बारेमा माओवादी केन्द्रले स्पष्ट धारणा राख्नुपर्ने प्रस्ताव गरेको छ। ‘प्रदेशसभाका ४० मध्ये २० जना सांसद हामी छौं, पूरै अवधि नेतृत्व विहिन भएर बस्नु जनताको मतको अपमान हो’ एमालेका एक सांसदले भने, ‘केन्द्रमा भएको सहमतिलाई सम्मान गर्दै आलोपालो सरकारको नेतृत्व गर्नुपर्ने प्रस्ताव हामीले गरेका हौं।’

एमालेले आलोपालो सरकारको नेतृत्वको प्रस्तावको जवाफ नआएसम्म मुख्यमन्त्री चयन र सरकार गठन प्रक्रियालाई अगाडि नबढाउने बताएको छ। ‘मुख्यमन्त्री चयन अघि नै माओवादी केन्द्रलाई हामीले राखेका प्रस्तावको स्पष्ट जवाफ दिन आग्रह गरेका छौं’ एमाले संसदीय दलका नेता यामलाल कँडेलले भने, ‘यी विषयको टुङ्गो लागेपछि मात्रै मुख्यमन्त्री चयन र सरकार गठनको प्रक्रियामा अघाडि बढ्छौं।’

वाम गठवन्धनबीच केन्द्रमा भएको सहमति अनुसार ६ र ७ नम्वर प्रदेशको नेतृत्व माओवादी केन्द्रले गर्ने सहमति भएको थियो। मुख्यमन्त्री चयनअघि नै एमालेबाट आएको आलोपालो प्रस्तावलाई माओवादी केन्द्रले ‘गम्भीर रुपमा’ लिएको बताएको छ। ‘केन्द्रमा दुई पार्टीबीच भएको सहमति अनुसार यो प्रदेशको नेतृत्वको जिम्मेवारी हामीले पाएका छौं’ माओवादी केन्द्रका नेता धर्मराज रेग्मीले भने, ‘केन्द्रमा दुई पार्टीबीच भएको सहमति विपरित आलोपालोको प्रस्ताव आउनुले हामीलाई गम्भीर बनाएको छ।’

उनले दुई दिनयताका छलफलमा एमालेले आलोपालो सरकारको नेतृत्व, मन्त्रालय बाँडफाँड, मन्त्रीहरुको बरियतालगायतका विषय उठाउने गरेको बताए। उनले केन्द्रमा भएको सहमतिलाई दुबै दलले पालना गर्नुपर्ने बताए। ‘केन्द्रमा भएको सहमति अनुसार हामी ६ नम्वर प्रदेशमा सरकार गठनको गृहकार्यमा छौं’ उनले भने, ‘यहाँ छलफल र सहमति गरेर पनि कुथै अर्थ हुँदैन्।’ उनले मन्त्रालय बाँडफाँडका विषयमा स्थानीय स्तरमा छलफल गर्न सकिने भएपनि स्थिर सरकारका लागि पाँच वर्षसम्म प्रदेशको नेतृत्व माओवादीले नै गर्ने दावी गरे।

सुष्माको ‘बधाई कार्ड’ सँगै नेपाललाई भारतको ‘आकर्षक प्याकेज’

0

नयाँ दिल्लीः भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौँमा ओर्लेर नेपाली नेताहरुलाई फकाउन ‘बधाई’ को कार्ड फाल्न ब्यस्त भएका बेला भारत सरकारले बजेटबाट पनि नेपाललाई फकाउने कोशिश गरेको छ ।

सबैभन्दा धेरै सहयोग गर्दै आएको भुटानतर्फको ९ प्रतिशत बजेट कटाएर नेपालतर्फ भारतले दोब्बर सहयोग बढाएको हो । भारत सरकारले नेपाललाई दिँदै आएको आएको ऋण तथा अनुदान सहयोग झण्डै दोब्बरले बढाएको हो ।

जेट्लीले विहीबार सार्वजानिक गरेको आर्थिक वर्ष २०१८–१९ को बजेटमा दक्षीण एशियातर्फ छुट्याइएको ऋण तथा अनुदान सहयोग रकममा नेपालका लागि ६ सय ५० करोड बराबरको रकम विनियोजन प्रस्ताव गरेको छ ।

गत आर्थिक वर्षमा यो रकम ३ सय ७५ करोड रहेको थियो । गत वर्ष ६ प्रतिशतमा रहेको रकम यस वर्ष झण्डै १२ प्रतिशत पुरयाइएको छ । यो रकम भारतले दक्षिण एशियाकालागि छुटयाएको ५ हजार ९ सय ८५ करोडबाट छुटयाइएको हो ।

गत वर्षको बजेटमा दक्षिण एशियाकालागि ५ हजार ७४ करोड बराबरको रकम विनियोजन गरिएको थियो । भारतले दक्षिण एशियाली मुलुकहरुमा भुटानलाई सबैभन्दा ठूलो रकम दिँदै आएको छ ।

भुटानका लागि समग्र बजेटको ४८ प्रतिशत रकम छुटयाइएको छ । यद्यपि गत वर्षको तुलनामा यो रकम ९ प्रतिशतले घटाइएको हो । भारतले विदेशी ऋण तथा अनुदानको प्राथमिकतामा नेपाल दोश्रो नम्बरमा रहँदै आएको छ ।

भारतको विदेशी अनुदान सहयोग रकममा दक्षिण एशियाली मुलुकहरुको हिस्सा ६६ प्रतिशत हुनेछ । पछिल्लो तीन वषदेखि भारतको बजेटमा लगातार यो सहयोग राशिमा गिरावट आएको छ ।

यो रकम भारतको विदेश मन्त्रालय , गुहमन्त्रालय तथा वित्त मन्त्रालयबाट खर्च गरिनेछ । नेपालमा वाम गठबन्धनको सरकारसँग अािर्थक सहकार्य गर्ने रणनीति अनुरुप यो सहयोगको रकम बढाइएको विश्लेषण गरिएको छ ।

सहयोग राशी बढाउनुको पछाडि भारतले मुख्यता दुई तीनवटा कुरालाई ध्यानमा राखेको देखिन्छ । पहिलो नेपालमा संघीयता लागू गर्न नेपाललाई आगामी दिनमा ठूलो रकमको आवश्यकता पर्ने निश्चित छ । आक्रामक शैलीमा आर्थिक सहयोग बढाएको चीनको वार्षिक बजेटमा संघीयताका लागि कुनै बजेट नछुटाइएको हुँदा भारतले यो क्षेत्रमा सहयोग गर्ने रणीनीति अख्तियार गरेको हो ।

‘राजनीतिक स्थायित्व तथा आर्थिक सबलता नेपालमा भयो भने भारतको सुरक्षा चासोको विषयलाई नेपालले स्वत व्यवस्थित गर्न सक्ने भारत सरकारको बुझाइ हुनुपर्छ । त्यसैले भुटानलाई दिने रकम घटाएर त्यसलाई नेपालमा जोडिएको छ’, रक्षा मन्त्रालय अन्तर्गत रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आइडिएसए) सँग सम्बद्ध तथा नेपाल जानकार डा. निहार नायक भन्छन्,‘‘त्यसैगरी नेपालको संस्थागत क्षमता विकासमा ध्यान केन्द्रित गरेको हुँदा सहयोगका रकमलाई त्यसतर्फ खर्च गर्न पनि बजेट बढाइएको छ ।’

तेश्रो र महत्वपूर्ण कुरा उल्लेख गर्दै उनले बजेट विनियोजन प्रस्तावले तत्काल दुई मुलुकका सरकार प्रमुखहरुको उच्च राजनीतिक भ्रमण हुने निश्चित देखिएको बताए ।

भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा गए पनि अथवा भावी प्रधानमन्त्री ओली भारत भ्रमणमा आए पनि भारत सरकारले नेपाललाई दिने ‘आइक्याचिङ’ सहयोगका लागि पनि रकम विनियोजन गरिएको हो ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडाँै पुग्दासम्म भारतीय वित्त मन्त्री अरुण जेट्लीले नेपालका लागि आर्थिक सहायता दोब्बर बनाएको घोषणा गरिसकेका थिए । नेपालसँगको सम्बन्ध सुधारका लागि भारत सरकारको नियोजित योजना अनुरुप नै आर्थिक सहायता बढाइएको भारतीय सञ्चारमाध्यमले विश्लेषण गरेका छन् ।

अभावमा जेलिँदै प्रदेश : कर्मचारी र गाडी अभाव टड्कारो

0

काठमाडौं : प्रदेश सरकारका संरचना समयमै बन्न नसक्दा सातै प्रदेश अभावैअभावले जेलिएका छन्। व्यवस्थित कार्यालय, साधन-स्रोत, कर्मचारी केही छैनन्। काम राम्ररी हुन व्यवस्थित कार्यालय, कार्यालयभित्र साधन-स्रोत र कर्मचारी आवश्यक पर्छ भने पदाधिकारीलाई यातायातका साधन ! तर यी कुनै पनि अनिवार्य आवश्यकता प्रदेशमा छैनन्।

प्रदेशसभाको बैठक धमाधम बस्न थालेका छन् भने अबको दुई साताभित्रै सातै प्रदेशमा मुख्यमन्त्रीसमेत आइसक्नेछन्। सातै प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव ख्टिइसकेको भए पनि अधिकांशले भवन र कार्यालयको अभावमा पदबहाली गर्दै प्रशासनिक कामसमेत सुरु गर्न पाएका छैनन्।

मुख्यमन्त्रीको कार्यालयमा कम्तीमा ३० कर्मचारी रहने गरी केन्द्र सरकारले अस्थायी दरबन्दी स्वीकृत गरे पनि अहिले प्रमुख सचिव, सचिवलगायत ५-७ जना कर्मचारी मात्रै पुगेका छन्। प्रदेशमा रहने ६ वटा मन्त्रालयमध्ये हालसम्म आन्तरिक मामिला र कानुन मन्त्रालय मात्रै स्थापना भएको छ।

प्रदेश १ का मुख्यमन्त्री कार्यालयका प्रमुखसचिव यादवप्रसाद कोइरालाले अभावका चाङबीच प्रदेशको कार्य सञ्चालन थालिएको बताए। ‘अभावबीच जन्मिएको प्रदेशलाई हुर्काउँदै अगाडि बढाउनुपर्ने जिम्मेवारी छ, त्यसैले रातदिन मिहिनेत गरेर व्यवस्थापनमा खटिइरहेको छु’, उनले भने, ‘समस्या त भनिसाध्य छैन तर विस्तारै म्यानेज गर्दै अघि बढेका छौं।’ उनका अनुसार प्रदेश १ को अस्थायी मुकाम विराटनगरमा आगामी आइतबार मात्रै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्थापना हुनेछ। ६ वटा मन्त्रालय पनि आइतबारै स्थापना गर्ने गरी अघि बढिएको छ।

प्रदेश ३ र ५ को मात्रै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विधिवत् रूपमा खुल्न सकेको छ। सामान्यतया प्रदेशमा रहेका सबै मन्त्रालयको व्यवस्थापन गर्दै प्रदेशभित्रको शासन व्यवस्थापन, नियन्त्रण र सञ्चालन गर्ने जिम्मेवारी मुख्यमन्त्री कार्यालयको हो। कर्मचारीको खटनपटन गर्ने काम पनि मुख्यमन्त्री कार्यालयकै हो। प्रदेश ३ का प्रमुखसचिव रेश्मीराज पाण्डेले पनि अभावका बीच मुख्यमन्त्रीको कार्यालय स्थापना गर्न सकिएको बताए। आन्तरिक ममिला र कानुन मन्त्रालयसमेत स्थापना गरिसकिएको उनले जानकारी दिए। ‘अभाव र समस्या धेरै छ, जेनतेन समस्या समाधान गर्ने प्रयास गरिरहेका छौं’, प्रमुख सचिव पाण्डेले भने।

तीन दिनअघि सिंहदरबारमा मुख्यसचिव लोकदर्शन रेग्मीले आयोजना गरेको कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवले प्रदेश चौतर्फी अभावमा सञ्चालन भइरहेकाले केन्द्र सरकारले नियमित रूपमा सहयोग गरिरहनुपर्ने बताएका थिए। त्यसयता सातै जना प्रमुखसचिव आ-आफ्नो प्रदेश व्यवस्थापनमा खटिइरहेका छन्।

प्रदेश ५ मा मुख्यमन्त्रीको कार्यालय माघ १७ गतेदेखि नै खुलिसकेको छ। आन्तरिक मामिला र कानुन मन्त्रालय औपचारिक रूपमा खुले पनि अन्य ५ वटा मन्त्रालय खुल्न सकेका छैनन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव शंकर पाठकले प्रदेश ५ मा सबैभन्दा ठूलो समस्या नै कर्मचारी र गाडी अभाव रहेको बताए।

यस्तैखाले समस्या छ प्रदेश ४ र ६ मा पनि। प्रदेश ४ र ६ का मुख्यमन्त्रीका कार्यालयका प्रमुखसचिवहरू लक्ष्मण अर्याल र सुरेश प्रधानले प्रदेशमा कार्यालय व्यवस्थापनदेखि कर्मचारी र सवारीसाधनको अधिकतम समस्या रहेको बताए। प्रदेशमा आउने मुख्यमन्त्री, मन्त्री, सभामुख, प्रमुख सचिवका लागि गरी एउटा प्रदेशमा कम्तीमा ५० वटासम्म गाडी आवश्यक पर्छ तर अहिले प्रदेशमा मुस्किलले दुई-चार वटा मात्रै छन्।

एफबीआइ विरुद्धको टिपोट सार्वजनिक

0

अमेरिकी कंग्रेसले संघीय अनुसन्धान ब्युरो एफबीआइले राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानको अनुसन्धान गर्दा शक्तिको दुरुपयोग गरेको आरोप लगाउँदै एउटा टिपोट सार्वजनिक गरेको छ।

एफबीआइले उक्त कदमप्रति गम्भिर चिन्ता व्यक्त गर्दै मूख्य तथ्यहरु हटाइएको जनाएको छ।

उक्त टिपोट चुनावी अभियानका क्रममा ट्रम्पका विदेश मामिला सल्लाहकार रहेका कार्टर पेजको टेलिफोन रेकर्डिङमाथि केन्द्रित छ।

उनलाई सन् २०१६ को अक्टोबरमा विद्युतीय निगरानीमा राखिएको थियो।

आरोप
सो टिपोटमा न्याय मन्त्रालय र एफबिआइलाई पेजविरुद्ध जासूसी गर्न प्रमाणित नभएको प्रतिवेदनलाई आधार बनाएको आरोप लगाइएको छ।

एफबीआइद्वारा रिपब्लिकन सांसदलाई चुनौती

ती निकायहरुले अधिकारीहरुलाई उक्त विवरण तयार पार्न डेमोक्र्याटहरुले रकम खर्चेको समेत जानकारी नगराएको भनिएको छ।

उक्त टिपोटमा गुप्त प्रतिवेदनका लेखक पूर्व ब्रिटिश जासूस क्रिस्टोफर स्टिलले न्याय मन्त्रालयका एक वरिष्ठ अधिकारीलाई आफू डोनल्ड ट्रम्प चूनावमा पराजित भएको हेर्न व्याकूल रहेको बताएको जनाइएको छ।

उक्त टिपोटलाई गोप्य नराख्न अनुमति दिएका राष्ट्रपति ट्रम्पले ती दस्तवेजमा उल्लेख भएका गतिविधि भयावह भएको प्रतिक्रिया दिएका छन्।

सो टिपोट सार्वजनिक गर्न लगाउने रिपब्लिकन सांसद डेभिड न्युन्सले सर्वसाधारणको विश्वासमाथि गम्भीर आघात गरिएको प्रतिक्रिया दिए।

तर डेमोक्र्याटहरुले चाँहि ट्रम्पको चुनावी अभियान र रुसबीच साँठगाँठ रहेको आरोपबारे छानविन चलिरहँदा उक्त अनुसन्धानलाई अविश्वशनीय बनाउन “लाजमर्दो प्रयास” गरिएको बताएका छन्।

टिपोट सार्वजनिक भएपछि एफबिआइका निर्देशक क्रिस्टोफर रेले आफ्ना कर्मचारीहरुलाई इमेल पठाउँदै निष्पक्षतापूर्वक र कानूनसम्मत ढंगले अघि बढ्ने प्रयासमा आफूले साथ दिने जनाएका छन्।

अघिल्लो वर्ष ट्रम्पले बर्खास्त गरेका एफबीआइका पूर्व निर्देशक जेम्स कोमीले उक्त टिपोट ‍बेइमानीपूर्ण ढंगले झुक्क्याउने हिसाबमा ल्याइएको बताएका छन्।

नेपालको विमानस्थलभित्रै प्रहरी र कर्मचारीले सुन लुकाउने अड्डा भेटियो

0

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल प्रहरीका असई कुलबहादुर राई २० किलो अबैध सुनसहित पक्राउ परेका छन् । राई पक्राउ परेसँगै विमानस्थलभित्रै अबैध सुन लुकाउने अड्डा भएको समेत खुलेको छ । राईले अबैध रुपमा भित्राएको सुनलाई दिनभर विमानस्थलभित्रै राख्ने र साँझ परेपछि आफ्नो डेरामा ल्याई डेलिभरी दिने गरेको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अपराध महाशाखाको संयुक्त टोलीले राईलाई बालुवाटारस्थित कोठाबाट पक्राउ गरेको हो । उनको साथबाट अर्का एक जना व्यक्ति पक्राउ परे पनि उनको विषयमा केही खुलाइएको छैन् ।

बिहीबार बिहान एयरपोर्टमा ड्युटी अफिसर रहेका राईले कतारबाट परवेज आलमले ल्याएको अवैध सुन पास गराएका थिए । त्रिभुवन विमानस्थलको रनवेबाट सिधै डोमेस्टिक टर्मिलनमा सुन लगेर राखेका राईले साँझपख आफ्नो डेरामा लिएर गएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । असई राई समातिएसँग विमानस्थलभित्रैका कर्मचारी र सुरक्षाकर्मीका लागी सुन लुकाउने अखडाविमानस्थलभित्रै रहेको समेत खुलासा भएको छ ।

एफबीआइ विरुद्धको टिपोट सार्वजनिक

0

अमेरिकी कंग्रेसले संघीय अनुसन्धान ब्युरो एफबीआइले राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानको अनुसन्धान गर्दा शक्तिको दुरुपयोग गरेको आरोप लगाउँदै एउटा टिपोट सार्वजनिक गरेको छ।

एफबीआइले उक्त कदमप्रति गम्भिर चिन्ता व्यक्त गर्दै मूख्य तथ्यहरु हटाइएको जनाएको छ।

उक्त टिपोट चुनावी अभियानका क्रममा ट्रम्पका विदेश मामिला सल्लाहकार रहेका कार्टर पेजको टेलिफोन रेकर्डिङमाथि केन्द्रित छ।

उनलाई सन् २०१६ को अक्टोबरमा विद्युतीय निगरानीमा राखिएको थियो।

आरोप
सो टिपोटमा न्याय मन्त्रालय र एफबिआइलाई पेजविरुद्ध जासूसी गर्न प्रमाणित नभएको प्रतिवेदनलाई आधार बनाएको आरोप लगाइएको छ।

एफबीआइद्वारा रिपब्लिकन सांसदलाई चुनौती

ती निकायहरुले अधिकारीहरुलाई उक्त विवरण तयार पार्न डेमोक्र्याटहरुले रकम खर्चेको समेत जानकारी नगराएको भनिएको छ।

उक्त टिपोटमा गुप्त प्रतिवेदनका लेखक पूर्व ब्रिटिश जासूस क्रिस्टोफर स्टिलले न्याय मन्त्रालयका एक वरिष्ठ अधिकारीलाई आफू डोनल्ड ट्रम्प चूनावमा पराजित भएको हेर्न व्याकूल रहेको बताएको जनाइएको छ।

उक्त टिपोटलाई गोप्य नराख्न अनुमति दिएका राष्ट्रपति ट्रम्पले ती दस्तवेजमा उल्लेख भएका गतिविधि भयावह भएको प्रतिक्रिया दिएका छन्।

सो टिपोट सार्वजनिक गर्न लगाउने रिपब्लिकन सांसद डेभिड न्युन्सले सर्वसाधारणको विश्वासमाथि गम्भीर आघात गरिएको प्रतिक्रिया दिए।

तर डेमोक्र्याटहरुले चाँहि ट्रम्पको चुनावी अभियान र रुसबीच साँठगाँठ रहेको आरोपबारे छानविन चलिरहँदा उक्त अनुसन्धानलाई अविश्वशनीय बनाउन “लाजमर्दो प्रयास” गरिएको बताएका छन्।

टिपोट सार्वजनिक भएपछि एफबिआइका निर्देशक क्रिस्टोफर रेले आफ्ना कर्मचारीहरुलाई इमेल पठाउँदै निष्पक्षतापूर्वक र कानूनसम्मत ढंगले अघि बढ्ने प्रयासमा आफूले साथ दिने जनाएका छन्।

अघिल्लो वर्ष ट्रम्पले बर्खास्त गरेका एफबीआइका पूर्व निर्देशक जेम्स कोमीले उक्त टिपोट ‍बेइमानीपूर्ण ढंगले झुक्क्याउने हिसाबमा ल्याइएको बताएका छन्।

एफबीआइ विरुद्धको टिपोट सार्वजनिक

0

अमेरिकी कंग्रेसले संघीय अनुसन्धान ब्युरो एफबीआइले राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानको अनुसन्धान गर्दा शक्तिको दुरुपयोग गरेको आरोप लगाउँदै एउटा टिपोट सार्वजनिक गरेको छ।

एफबीआइले उक्त कदमप्रति गम्भिर चिन्ता व्यक्त गर्दै मूख्य तथ्यहरु हटाइएको जनाएको छ।

उक्त टिपोट चुनावी अभियानका क्रममा ट्रम्पका विदेश मामिला सल्लाहकार रहेका कार्टर पेजको टेलिफोन रेकर्डिङमाथि केन्द्रित छ।

उनलाई सन् २०१६ को अक्टोबरमा विद्युतीय निगरानीमा राखिएको थियो।

आरोप
सो टिपोटमा न्याय मन्त्रालय र एफबिआइलाई पेजविरुद्ध जासूसी गर्न प्रमाणित नभएको प्रतिवेदनलाई आधार बनाएको आरोप लगाइएको छ।

एफबीआइद्वारा रिपब्लिकन सांसदलाई चुनौती

ती निकायहरुले अधिकारीहरुलाई उक्त विवरण तयार पार्न डेमोक्र्याटहरुले रकम खर्चेको समेत जानकारी नगराएको भनिएको छ।

उक्त टिपोटमा गुप्त प्रतिवेदनका लेखक पूर्व ब्रिटिश जासूस क्रिस्टोफर स्टिलले न्याय मन्त्रालयका एक वरिष्ठ अधिकारीलाई आफू डोनल्ड ट्रम्प चूनावमा पराजित भएको हेर्न व्याकूल रहेको बताएको जनाइएको छ।

उक्त टिपोटलाई गोप्य नराख्न अनुमति दिएका राष्ट्रपति ट्रम्पले ती दस्तवेजमा उल्लेख भएका गतिविधि भयावह भएको प्रतिक्रिया दिएका छन्।

सो टिपोट सार्वजनिक गर्न लगाउने रिपब्लिकन सांसद डेभिड न्युन्सले सर्वसाधारणको विश्वासमाथि गम्भीर आघात गरिएको प्रतिक्रिया दिए।

तर डेमोक्र्याटहरुले चाँहि ट्रम्पको चुनावी अभियान र रुसबीच साँठगाँठ रहेको आरोपबारे छानविन चलिरहँदा उक्त अनुसन्धानलाई अविश्वशनीय बनाउन “लाजमर्दो प्रयास” गरिएको बताएका छन्।

टिपोट सार्वजनिक भएपछि एफबिआइका निर्देशक क्रिस्टोफर रेले आफ्ना कर्मचारीहरुलाई इमेल पठाउँदै निष्पक्षतापूर्वक र कानूनसम्मत ढंगले अघि बढ्ने प्रयासमा आफूले साथ दिने जनाएका छन्।

अघिल्लो वर्ष ट्रम्पले बर्खास्त गरेका एफबीआइका पूर्व निर्देशक जेम्स कोमीले उक्त टिपोट ‍बेइमानीपूर्ण ढंगले झुक्क्याउने हिसाबमा ल्याइएको बताएका छन्।

१६ सय ६६ मतदाताका लागि १२ हजार मतपत्र किन ?

0

काठमाडौं – निर्वाचन आयोगले २४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ हजार मतमत्र छापेको छ। निर्वाचन हुने ६ वटा प्रदेशमा १ हजार ६ सय ७७ मतदाता रहेकामा आयोगले १२ हजार मतपत्र छापेको हो।

आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रिय सभा निर्वाचनका लागि प्रत्येक समूहमा फरक–फरक मतपत्र आवश्यक पर्ने भएकाले सो संख्यामा पतपत्र छापिएको बताए । आजको राजधानी दैनिकमा खबर छ ।

‘प्रत्येक समूहमा फरक–फरक मतपत्र चाहिन्छ, आयोगले क्लस्टरअनुसार मतपपत्र छापेका हो। त्यसो गर्दा अन्य निर्वाचनमा भन्दा बढी मतपत्र आवश्यक पर्छ,’ आयोगका प्रवक्ता ढकालले भने। उनले प्रत्येक मतदाताले छुट्टाछुट्टै समूहका लागि चार वटा मतपत्रमा मत हाल्नुपर्ने भएकाले समेत मतपत्र बढी आवश्यक पर्ने जानकारी दिए।

आयोगका आयुक्त नरेन्द्र दाहालले एक मतदाताले अरु निर्वाचनमा भन्दा बढी मतपत्र प्रयोग गर्नुपर्ने भएकाले र मतपत्र छाप्दा जगेडासहित छाप्नुपर्ने भएकाले मतदाता संख्याभन्दा मतपत्र बढी छापिएको बताए

बालिका बलात्कार गुपचुप: यस्तो छ घटना

0

१४ वर्षीया बालिकाका अभिभावकलाई स्थानीय प्रहरीले उल्टै धम्क्याई ‘मिलापत्र’ गराए

इटहरी – प्रहरीले बलात्कारका घटना गुपचुपमै मिलाएर अपराधीलाई प्रोत्साहित गरिरहेको अर्को घटना सार्वजनिक भएको छ । काठमाडौंको दरबारमार्गकै जस्तो घटना पूर्वको इटहरीमा भएको खुलेको हो ।

कथित प्रेमी र उनका साथीबाट होटलमै बलात्कृत भएकी १४ वर्षीया बालिकाका अभिभावकलाई स्थानीय प्रहरीले उल्टै धम्क्याई ‘मिलापत्र’ गराएको घटना करिब एक महिनासम्म कसैले सुइँकोसम्म पाएन । प्रहरीकै माथिल्लो निकायमा जब यो सूचना चुहियो, बल्ल घटनाबारे अनुसन्धान अघि बढाइयो ।

इलाका प्रहरी कार्यालय, इटहरीको उक्त सन्देहास्पद क्रियाकलापमाथि छानबिन गर्न प्रदेश १ का प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायले अञ्चल प्रहरी प्रमुख एसएसपी हरिबहादुर पाललाई खटाएपछि घटनाले अर्कै मोड लिएको हो । एसएसपी पालले पीडित बालिकासँग बयानसमेत लिई प्रमाण जुटाएर माघ १२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराइसकेको खुलेको छ ।

तर, बलात्कारका अभियुक्त धरानका जोकम लिम्बु र विराटनगरका मनीष श्रेष्ठ प्रहरीकै लापरबाहीले फरार भइसकेका छन् । उनीहरूलाई उन्मुक्ति दिने प्रहरीमाथि समेत ‘छानबिन भइरहेको’ भन्दै कुनै कारबाही गरिएको छैन । आजको कान्तिपुरमा मुख्य खबर छ ।

बालिकाको बयानअनुसार सामाजिक सञ्चालबाट घनिष्ठता बढेका धरानका लिम्बुले १४ वर्षीया ती बालिकालाई पुस १६ गते अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन घुम्न जान प्रस्ताव गरे । उनले स्विकारिन् । इटहरीचोकमा उनीहरूको दिउँसो भेट भयो । कार लिएर आएका जोकमले साथी मनीषलाई पनि ल्याएका रहेछन् । तीन जना इटहरीको ‘चिन्तन चौतारी’ रिसोर्टमा बसेर गफ गरे ।

झमक्क साँझ परेपछि उनले घर जान चाहिन् । जोकमले ‘खाजा खाएर जानुपर्छ, चिन्ता नगर, म पुर्‍याइदिन्छु’ भने । त्यसपछि तीनैजना झन्डै ४ किलोमिटर उत्तर हलगडास्थित ‘रोयल रिसोर्ट’ पुगे । जोकम र मनीषले पहिल्यै मदिरा पिइसकेका थिए । बालिकालाई उनीहरुले जबर्जस्ती वाइन खुवाए । त्यहाँ उनीहरूले दुइटा अलग–अलग कोठा लिएका थिए । मदिरा लागेकी उनी जोकमसंगै कोठामा बसिन् । निकै अबेला बालिकाले घर पुर्‍याइदिन आग्रह गरिन् । उनले त्यो काम साथी मनीषलाई अह्राए । मनीषले ‘तिमी धेरै मातेकी छ्यौ, कागतीपानी खाऊ अनि जाउँला’ भनेर आफू बसेको कोठा नम्बर ११२ मा लगी बलात्कार गरेको उनले बयानमा बताएकी छन् ।

उक्त मितिमा मनीष बसेको कोठा नम्बर ११२ राजकुमारका नाममा ‘बुक’ गरिएको छ । ठेगाना विराटनगर र दुई जना बस्ने लेखिएको छ । तिनमा पुरुष र महिला, नातामा साथी खुलाइएको छ । यसले उनले कोठा लिँदै ती बालिकासँग रात बिताउने नियत राखेको र नामसमेत नक्कली राखेको पुष्टि भएको छ ।

‘मैले पटक–पटक आग्रह गर्दा पनि उसले जबर्जस्ती बलात्कार गर्‍यो’, बालिकाले प्रहरी जाहेरीमा उल्लेख गरेकी छन् । बलात्कारपछि उनलाई मनीषले जोकमकै कोठामा पुर्‍याइदिएको थियो । उनले ‘चिन्ता नलेऊ, म तिमीलाई स्विकार्छु’ भन्दै रातभर आफैंसँग राखेका थिए ।

विक्षिप्त अवस्थामा पुगेकी बालिका भोलिपल्ट घर नगई साथीकहाँ गइन् । यसबारे थाहा पाएपछि करिब एक सातापछि उनलाई लिएर बाबुआमा इलाका प्रहरी कार्यालय पुगेका थिए । प्रहरीले जोकमलाई झिकायो तर मनीषलाई ल्याएन । घटनालाई सामान्यीकरण गर्दै दुवै पक्षलाई मिलापत्र गर्न दबाब दियो । ‘मुद्दामामिलामा धेरै पैसा खर्च हुन्छ । फेरि भोलि आरोप प्रमाणीत नभए आफैं जेल जानुपर्छ भने,’ बालिकाकी आमाले भनिन्, ‘त्यसपछि होस् है भनेर हामी मिल्न राजी भयौं । मुद्दामामिलामा किन फस्नु भनेर सहमतिपत्रमा ल्याप्चे लगाइदियौं । पुसको थाम्नै नसकिने हुस्सु र सिरेटो चलेको दिन थियो, कागजमा ल्याप्चे लगाएर त्यो उनीहरुले नै लगे, हामीलाई केही दिएनन् ।’ सामान्य आर्थिक हैसियतका बालिकाका बाबुले पनि मुद्दामामिलामा खर्च गर्न पैसा नभएकाले मिलापत्र गर्न बाध्य भएको बताए ।

इलाका प्रहरीका प्रमुख डीएसपी सञ्जय राउत विदामा गएका बेला इन्चार्जको जिम्मा पाएका इन्सपेक्टर चिरञ्जीवी दाहालले दबाबपूर्ण तरिकाले मिलापत्र गराएका हुन् । स्रोतका अनुसार ‘जसरी पनि मिलाउन’ उनलाई जिल्ला प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले निर्देशन दिएका थिए । स्रोत भन्छ, ‘यसमा उच्च राजनीतिक दबाब र आर्थिक चलखेल दुवै जोडिएको छ ।’

स्रोतका अनुसार यसलाई मिलाउन ‘बिचौलिया’ सक्रिय भएका थिए । तीमार्फत पीडित पक्षलाई समेत रकम दिइएको बताइए पनि पीडितका अभिभावकले ‘एक रुपैयाँ पनि नलिएको’ बताए ।

राशीअनुसार पर्स बोक्नुहोस् पैसाको अभाव हुँदैन, कुन राशीका व्यक्तिले कस्तो बोक्ने ?

0

मेषः यो राशीका मानिसहरुले रातो पर्स वा मरुन रंगको पर्स बोक्दा राम्रो हुनेछ । यस राशीको श्वामी मंगल रहेको छ । र, मंगलको प्रिय रंग रातो हो ।

वृषः वृष राशीको स्वामी ग्रह शुक्र हो । अतः यस राशीका मानिसहरुले शुक्रसँग सम्बन्धीत रंग सेतो वा चम्कीलो सिल्भर रंगको पर्स बोक्नु लाभदायी हुनेछ ।

मिथुनः यस राशीका मानिसहरुको लागि हरियो रंग लाभदायी मानिन्छ । मिथुन राशिको स्वामी बुध हो । र, बुधको प्रिय रंग हरियो हुने गरेको मानिन्छ ।

कर्कटः यस राशीको स्वामी चन्द्र हो । चन्द्रको प्रिय रंग सेतो वा सादा रंग हुने गर्छ । अतः यस राशीका मानिसहरुले सेतो वा फिक्का रंगको पर्स बोक्नु लाभदायी हुने छ ।

सिंहः सिंह राशीको स्वामी सुर्य हो । सुर्यलाई उर्जाको प्रतिक मानिन्छ । यसको प्रिय रंग रातो, पहेलो र खैरो हो । अतः यस राशीका मानिसहरुले यही रंगको पर्स बोक्नु उचित हुने छ ।

कन्याः कन्या राशीको स्वामी बुध हो । बुध ग्रहको प्रिय रंग हरियो हुनेगर्छ । अतः यस राशीका मानिसहरुले हरियो रंगको पर्स बोक्नु फाइदाजनक हुनेछ ।

तुलाः यस राशिका मानिसहरुले सेतो रंग वा चम्कीलो रंगको पर्स बोक्नु लाभदायी हुने छ । तुला राशीको स्वामी शुक्र हो । र, यो सबै शुक्रको प्रिय रंग हो ।

वृषः वृष राशीको स्वामी मंगल हो । मंगलको प्रिय रंग कलेजी रंग हो । अतः यस राशीका मानिसहरुले कलेजी रंगको पर्स बोकेमा लाभदायी हुनेछ ।

धनुः धनु राशीको स्वामी ग्रह बृहस्पति हो । देव गुरु बृहस्पतिको प्रिय रंग पहेलो हो । अतः यस राशीका मानिसहरुले पहेलो रंगको पर्स बोक्नु लाभदायी हुनेछ ।

मकरः मकर राशीका मानिसहरुले निलो अथवा कालो रंगको पर्स बोम्नु फाइदा जनक हुनेछ । यस राशीको स्वामी शनि हो । शनिको प्रिय रंग निलो र कालो हो ।

कुम्भः जुन मानिसहरुको राशी कुम्भ रहेको छ, उनीहरुले निलो, कालो वा कुनै गाडा रंगको पर्स बोक्नु लाभदायी हुनेछ । यस राशीको स्वामी शनि हो । र, यस प्रकारको रंग शनिको प्रिय रंग हो ।

मिनः मिन राशिको ग्रह स्वामी गुरु हो । गुरुको प्रिय रंग पहेलो हो । अतः यो राशीका मानिसहरुले पहेलो रंगको पर्स बोक्नु अत्यन्त सुभदायी हुने छ ।

यसरी राशीअनुसार पर्स बोकेमा तपाइको पर्समा पैसाको कमी हुने छैन् । यस्तै तपाइले पैसाको विषयमा कुनै समस्या पनि भोग्नु पर्ने हुने छैन् ।